Saturday, December 15, 2012

ही दिन अगाडि फेसबु

ही दिन अगाडि फेसबुकमा एकजना विदेशमा रहनु भएका भाइसँग च्याटबक्समा कुरा गर्दै थिएँ । उनि रोमनमा लेख्दै थिए भने म नेपाली युनिकोडको प्रयोग गर्दै थिएँ । एकैछिनमा उनले मलाई अनौठो प्रश्न गरे: “दाइ, तपाई त कति छिटो लेखेर कपि-पेस्ट गर्न सक्नु हुँदो रहेछ ?” । मैले कुरा बुझिन र सोधेँ । उनले बताएपछि मैले बल्ल उनको कुरा बुझेँ । उनि मैले फेसबुकको च्याटबक्समा सिधै नेपालीमा लेखेको देखेर र त्यो पनि त्यति छिटो भएको देखेर अचम्ममा परेका रहेछन् । अनि मैले सायद कुनै अनलाइन कन्भर्टरमा रोमनमा लेख्दै त्यसपछि त्यहाँ रुपान्तरण हुने नेपाली यनिकोडलाई कपि गरेर फेरि च्याटबक्समा पेस्ट गर्दै छु भनेर सोच्दै रहेछन् ।

Tuesday, December 4, 2012

वाइम्याक्स अब सुरु हुने

नेपाल टेलिकमले दु्रत गतिको व्रोडब्याण्ड इन्टरनेट WiMAX (Worldwide Interoperability for Microwave Access) सेवा २०६९ कात्तिक २७ गते देखि काठमाडौ उपत्यकामा सञ्चालन गर्न लागेको छ। वाइम्यक्स ( WiMAX) सेवा प्रथम चरणमा काठमाडौ उपत्यकाका व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कुटनैतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाहरुलाई वितरण गर्ने कार्यक्रम रहेको छ। वाईम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवा मध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट सेवा हो। यसबाट कम्तिमा २५६ किलोविट प्रतिसेकेण्ड (256 Kbps) को दरले डाटा ट्रान्सफर गर्न सकिन्छ। त्यसैगरी यू.एस.वि. : Modem मार्फत desktop, laptop मा इन्टरनेट चलाउन सकिन्छ।यो प्रविधिलाई ग्राहकसमक्ष ल्याउनका लागि कम्पनीले नेपाललाई २ वटा क्षेत्रमा वाँडेर काम गरिरहेको छ। पूर्वी क्षेत्र अन्तर्गत काठमाण्डौ उपत्यकालगायत पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्र समावेस गरिएको छ भने, पश्चिम क्षेत्र अन्तर्गत पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र रहेका छन्।
प्रथम चरणमा पूर्वी क्षेत्र अन्तर्गतको काठमाण्डौ उपत्यका भित्र (पूर्वमा साँगा देखि पश्चिममा वलम्वु सम्म तथा उत्तरमा वुढानिलकण्ठ देखि दक्षिणमा दक्षिणकाली क्षेत्र वरिपरि सम्म) सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी दोस्रो चरणमा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि देशका अन्य क्षेत्रमा सेवा वितरण गरी सेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्‍याउने लक्ष्य रहेको छ। यस कार्यक्रम अनुसार देशभर दुई लाख लाइन वितरण गर्ने कार्यक्रम रहेको छ।
मुलुकभर Broadband Internet सेवा पुर्‍याउने सरकारी नीति तथा सेवा वितरण गर्दा ग्रामीण क्षेत्रलाई समेत महत्व दिने नेपाल टेलिकमको लक्ष्य वमोजिम यो सेवालाई कम्पनीले प्राथमिकता साथ अघि वढाएको हो। Wireless प्रविधिमा आधारित यो प्रविधिलाई इन्टरनेटको चौथो पुस्ताको प्रविधिको रुपमा लिइन्छ। यो सेवाबाट ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्तालगायत पदयात्रामा जाने पर्यटकहरुसमेत लाभान्वित हुनेछन्। यो प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा प्रदान हुने भएकोले वैकिङ्ग तथा वित्तीय क्षेत्र, विश्वविद्यालय, कुटनैतिक नियोग तथा प्राविधिक क्षेत्रमा काम गर्ने संस्थाहरुले बढी फाइदा लिन सक्ने देखिन्छ।
त्यसैगरी नेपाल टेलिकमले उपभोक्ताहरुको बढी भिड हुने क्षेत्रहरु जस्तो : विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा WiFi Hotspot निर्माण गर्ने कार्यक्रम पनि तय गरेको छ। यी स्थानहरुमा सस्तो तथा सरल रुपमा WiFi बाट इन्टरनेट चलाउन सकिन्छ।
नेपाल टेलिकम र अमेरिकन कम्पनी एयरस्पान नेटवर्क वीच गत फागुनमा भएको सम्झौता वमोजिम यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो।
यो प्रविधि मार्फत इन्टरनेट चलाउनको लागि ३ किसिमको क्षमताको आधारमा Volume Based प्याकेजको महसुल दर निर्धारण गरिएको छ भने, हाल केहि महिनाको लागि 1 Mbps क्षमताको 30 MB वा सो भन्दा माथिको प्याकेज ब्यवसायिक संस्थाहरुलाई मात्र उपलब्ध गराइने छ। Volume Based अनुसारको महसुल दर निम्न बमोजिम कायम भएको छ :
1. Volume Based Package को महसुल दर (Monthly)

For data rate of 256 kbps, For data rate of 512 kbps, For data rate of 1Mbps or above

Volume (GB) Tariff (Rs.), Volume (GB) Tariff (Rs.), Volume (GB) Tariff (Rs.)
5 650.00 8 8,50.00 12 1,340.00
10 1,100.00 12 1,250.00 20 2,200.00
15 1,500.00 20 2,000.00 32 2,900.00
20 1,800.00 30 2,700.00 48 4,300.00
30 2,500.00 40 3,400.00 60 5,190.00

2. WiFi Hotspot सेवाको महसुल दर
Voucher (Rs.) Data Volume (MB) Validity Period (Days)
5‍0.00 200 10
100.00 500 30
200.00 1500 60


उपभोक्ताले WiMAX बाट इन्टरनेट चलाउनका लागि सर्वप्रथम CPE (Customer Premises Equipment) खरिद गर्नुपर्छ। यो उपकरण Outdoor, Indoor र USB Dongle गरी तीन किसिमको हुन्छ। Outdoor Device ले १५ किलोमिटर दुरीसम्म Signal लिई इन्टरनेट चलाउन मिल्दछ भने, Indoor Device ले ५ किलोमिटर भित्र इन्टरनेट चलाउन सकिन्छ। हाल नेपालको बजारमा WiMAX मार्फत इन्टरनेट चलाउन मिल्ने CPE उपकरणको सहज उपलब्धता नभएकोले कम्पनीलेनै WiMAX सेवाको शुरुवातसँगै उपकरण पनि बिक्री वितरण गर्ने भएको छ। कम्पनीले सुन्धारास्थित नेपाल टेलिकमको नवनिर्मित भवनबाट ग्राहकहरुलाई यो सेवा प्रदान गर्न लागेको छ।

FACEBOOK

f
तपाईलाई कुनै निश्चित समयमा आफ्ना फेसबुक प्रोफाईल वा पेजमा कुनै स्ट्याटस (status) फोटो (photo) वा लिंक (link) सेयर गर्नुछ, तर तपाई सो समयमा अर्कै काममा व्यस्त हुनुपर्ने छ अथवा तपाई आफ्नो उपस्थिती नै नभएको अवस्थामा पनि आफ्नो फेसबुक एकाउन्टमा केहि कुरा सेयर गराउन चाहानुहुन्छ भने यो लेख उपयोगी हुनसक्छ ।
यहाँ एउटा यस्तो Application ~ POSTCRON को बारेमा लेख्न गईरहेको छु , जसमार्फत तपाई आफू व्यस्त रहने समयमा पोस्ट गर्नुपर्ने फेसबुक स्ट्याटस, फोटो वा लिंकलाई सेट गरी चाहेको समयमा सजिलै पोस्ट गराउन सक्नुहुन्छ ।
PostCron ले हामीलाई आफ्ना फेसबुक प्रोफाईल वा पेजका पोस्टहरु पछिको समयका लागि Schedule गर्न सहयोग गर्दछ । अरु यस्तै applications हरुभन्दा चलाउन सजिलो र आफूले schedule गरेकै समयमा पोस्ट गरिदिने हुँदा PostCron अरुभन्दा लोकप्रिय बन्दै गइरहेको छ ।

yahoo

तपाई मध्ये धेरैले याहू पब्लिक च्याटमा नयाँ नयाँ साथी बनाउनु भएको होला । तर, अब याहूको यो सेवा स्थायी रुपमा बन्द हुने भएको छ । याहूको ‘च्याट रुम’ सन् २००५ मा विवादमा आएको थियो ।
सेक्स सम्वन्धी अवैध च्याट हुन थालेको भन्दै कम्पनीले विज्ञापन दिन बन्द गरेपछि विवाद सुरु भएको थियो । याहूले भने प्रयोगकर्ताहरुलाई पयाप्त लाभ दिन नसकिएकाले पब्लिक च्याट बन्द गर्न लागिएको बताएको छ । साहूको च्याट रुम १४ डिसेम्बरमा गायब हुनेछ भने यससँग सम्वन्धित केही फिचर आगामी जनवरी अन्त्यसम्ममा हटाइनेछ ।
याहू म्यासेन्जर सन् १९९८ मा लन्च भएको हो । तर, २००५ मा विवादमा तानिएको थियो । त्यसपद्धि केही पब्लिक च्याट रुम बन्द गरिएको थियो । बन्द गरिएको च्याट रुपमा एक १३ वषिर्या युवती पनि थिइन् ।–एजेन्सीको सहयोगमा